शनिबार, बैशाख ८, २०८१

उपत्यकामा जारी निषेधाज्ञा भाद्र ८ सम्मका लागि लम्बियो, राती ८ बजेपछि सवारी सञ्चालन गर्न नपाइने [निर्णय सहित]

काठमाडौँ साउन २६,
उपत्यकामापछिल्लो समय दिनानुदिन बढ्दो कोभिड संक्रमणको रफ्तारसंगै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरीआगामी भाद्र ८ गते सम्मका लागि थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले बिहीबारबाट लागू हुने गरी थप गरिएको निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।

कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको जानकारी दिदै
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने त्यसमा कुनै निषेध नगरिएको जानकारीदिनभयो ।

त्यस्तै बैठकले भिडभाडजन्य गतिविधि सहित जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कानुनी दायरा लिदै कारवाही गर्ने निर्णय समेत गरेको छ। त्यस्तै बैठकले कोभिड परीक्षण दायरा बढाउने विषयमा समेत नितिगत निर्णय गर्दै यहि अवस्थामा संक्रमणको दर बढ्दै गएमा निषेधाज्ञा नियमलाई फेरबदल समेत गर्न सकिने विषयमा समेत छलफल गरेको थाहा भएको छ। साथै उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, शैलुन, ब्युटी पार्लर, हेल्थक्लव, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द नै राख्ने भएकोछ