बुधबार, बैशाख १२, २०८१

आन्तरीक मुल्यांकनको आधारमा वर्ष ०७७ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, साउन २३ ,
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा प्रकाशन गर्दा ग्रेडिङ नगरिएको जानकारी दिदै बिद्यार्थीहरुको परीक्षाफल आन्तरीक मुल्यांकनबाट प्रकाशित गरेको जनाएकोछ । त्यस्ते वोर्डका अनुसार वर्ष ०७७ मा ४ लाख ८४ हजार २ सय ७८ बिद्यार्थीको नतिजा आज प्रमाणीकरण गरेको जनाएकोछ ।