बिहिबार, बैशाख १३, २०८१

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न मन्त्रिपरिषद्को निर्देशन

काठमाडौं साउन ३२ ,
प्रम शेर बहादुर देउवा नेतृत्वको सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा पछिल्लो समय सिर्जित घटनाक्रमको पेरिफेरीमा त्यहाँ रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्ने निर्णय गरेको छ ।

बैठक पछि सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार सरकारले नेपालीको उद्धारको लागि गठन गरेको निकायहरुलाई समन्वायत्मक ढङ्गले काम गर्न निर्देशन दिएको बताउनुभयो ।

त्यस्तै उहाँले लण्डनमा जारी भूतपूर्व गोर्खा सैनिकको समस्या सम्बोधनको लागि कूटनीतिक माध्यमबाट पहलकद्मी लिने निर्णय गरेको जानकारी दिदै आमरण अनशनमा बसेका भूतपूर्व गोर्खा सैनिकलाइ जारी आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरिएको बताउनुभयो ।