बुधबार, बैशाख १२, २०८१

३ हजार ४८१ जनामा कोभिड सङ्क्रमण पुष्टि, ३० को मृत्यु

काठमाडौं साउन २७,
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ९०७ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा २ हजार ६१६ जनामा र ५ हजार ७४९ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ८६५ जना गरि कुल ३ हजार ४८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा १ हजार ८८५ जना सङ्क्रमित निको भएको जनाएकोछ भने सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको र योसंगै योसँगै मृतकको सख्या १० हजार १८० पुगेको जानकारीदिएको छ। साथै मन्त्रालयले नेपालम सक्रिय कोभिड संक्रमितहरु ३८ हजार ३३ जना रहेको जनाएको छ ।