मङ्लबार, मंसिर १३, २०७९

स्रोत नखुलेको ८५ लाख ५६ हजार सहित ३ जना पक्राउ

काठमाडौं भाद्र ९
स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चण्डोल बस्ने बारा सिमरा उपमहानगरपालिका २ घर भएका ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं महानगरपालिका २४ फसिकेस्थित होलिडे ट्रेडिङ प्राईभेट लिमिटेडका संचालक रिन्कु भन्ने अभिशेक अग्रवाल र सोही लिमिटेडमा काम गर्ने काठमाडौं कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका-१३ घर भएका ३६ वर्षीय मधुसूदन त्रिपाठी रहेको  प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले पौडेललाई काठमाडौं महानगरपालिका-२२ खिचापोखरीबाट नगद ३१ लाख रुपैयाँ सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त नगद पौडेललाई अग्रवालले दिएको खुलेपश्चात अग्रवालको उक्त लिमिटेडमा तलासी गर्दा थप ५४ लाख ५६ हजार रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुलचोक पठाइएको उक्त वृत्तले जनाएको छ ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु