बुधबार, मंसिर १५, २०७८

सार्वजनिक जग्गा संरक्षणका लागि पार्क निर्माणका कार्यलाइ प्राथमिकरण: प्रमुख शाक्य

काठमाडौँ साउन २५,
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश सभा सदस्य नारायण सिलवाल, वडा ५ का अध्यक्ष रमेश डंगोलले संयुक्त रुपमा महानगरको वडा ५ भत्केको पुल नजिक आज नर बुद्ध पार्कको बौद्ध विधिअनुसार शिलान्यास गर्नुभएको छ ।
शिलान्यास कार्यक्रम पछि महानगर प्रमुख शाक्यले महानगर भित्रको सार्वजनिक जग्गाको संरक्षणका लागि एक वडा एक पार्क निर्माणको नीतिसंगै महानगरको हरियालीलाइ जिवन्त राख्ने लक्ष्य अनसार पार्क निमार्णको कार्यलाइ प्राथमिकरण गरिएको बताउनुभयो ।

त्यस्तै उहाँले काठमाडौँ महानगरपालिकाले अहिलेसम्ममा साना–ठूला गरेर करीब ७० वटा पार्क निर्मांणको कार्य सम्पन्न गरिसकेको जानकारी दिदै प्रमुख शाक्यले पार्क निर्माणसँगै सम्पदा निर्माण, पुननिर्माणको काम महानगरको प्राथमिकताका योजना भएको जनाउ दिदै भौतिक संरचना महानगरले बनाएपछि त्यसको व्यवस्थापनमा स्थानीयले स्वामित्व लिनुपर्छ । अनि मात्र विकासको दिगो उपयोग हुने बताउनुभयो ।

कार्यक्रमममा करीब ७ रोपनी क्षेत्रफलमा निर्माण हुने पार्कको लागत करीव १ करोड ४८ लाख रुपैयाँ लागत अनुमान रहेको र पार्कमा अभय मुद्राको बुद्ध मुति सहित कलात्मक डिजाइनका साना–ठूला गरी चारवटा ढोका संगै १५ फिट गोलाइको फाउन्टेनसहितको पोखरी , व्यायाम र हिँडडुलका लागि बाटो र खुला ठाउँ, आराम गर्ने चौतारा संगै जेष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु पार्कमा सजिलै आउने, बस्ने र हिँडडुल गर्न सक्ने खालका भौतिक संरचना बनाइने जानकारी दिइएको छ।

कार्यक्रममा वागमती प्रदेश सभा सदस्य नारायण सिलवाल, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी वडाध्यक्ष रमेश डंगोल र नरबुद्ध विहारका प्रमुख भिक्षु पूर्ण स्थविर भन्ते, पञ्जारत्न स्थविरलगायतले पार्कको विषयमा आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु