मङ्लबार, अशोज १२, २०७८

साथीको हत्या गरी धनमाल लुटपाट गर्ने महर्जन, लामा र रजक पक्राउ, एकजना अझै परार

काठमाडौं साउन १७ ,
सर्लाही लालबन्दी नगरपालिका(१ घर भई काठमाडौं गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्या गरी साथमा रहेको सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लुटपाट गर्ने ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज महानगरपालिका९७ रामटोल बस्ने २५ वर्षीय राहुल महर्जन, सोही ठाउँ बस्ने २७ वर्षीय विक्की भन्ने दीप लामा तामाङ र बारा फेटा गाउँपालिका( ३ बस्ने २७ वर्षीय धनञ्जय रजक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका ३ जना अभियुक्त संगै भारत मोतीहारी घर भई वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने रवि सर्राफ गरी ४ जनाले लुटपाट गर्ने योजना बनाई राहुलको साथी ज्ञानु पाख्रिनलाई वीरगञ्ज बोलाएको, साउन १३ गते साँझ दुई जना साथीसहित ज्ञानु बीरगञ्ज पुगपछि ७ जना दीप लामाको खाली घरमा मादक पदार्थ सेवन गरी बसेको र साउन १४ गते बिहान काठमाडौंबाट आएका २ जनालाई सोही स्थानमा छोडी ज्ञानुलाई थप बियर किन्ने बहाना गरी रामटोलको खाली जग्गामा लगि घाँटीमा लक लगाई अँठ्याई ज्यान लिई मृतकको साथमा रहेको उक्त धनमाल लुटेको अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।

लुटपाट गरेको धनमाल रवि सर्राफले राखी तत्काल फरार भएको र अन्य तीन जना भागी फरार हुने क्रममा नियमित गस्तीमा घटनास्थल नजिक पुगेको प्रहरी टोलीले उनीहरुलाई तत्काल पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा दीप लामाले घटनास्थल नजिकै नालामा लुकाएको सुनको सिक्रीको टुक्रा प्रहरीले बरामद गरेको जनाएको   छ । प्रहरीका अनुसार अभियुक्तहरु उपर कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तथा लुटपाट गरेको अन्य धनमाल लिई फरार भएका रविको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु