शुक्रबार, चैत्र १७, २०७९

साकोसको लागि नेफ्स्कुनको भूमिका अपरिहार्य रहेको वक्ताहरुको जिकिर

स्यूचाटार साकोसद्धारा व्यवस्थापन कार्यशालाको आयोजना

काठमाडौं भाद्र ७ ,
स्यूचाटार साकोसको आयोजनामा वागमती क्लष्टर तेस्रो अन्तर्गत पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाको आयोजना गरिएको छ । विहिवार स्यूचाटार सहकारीको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा उपत्यकाभित्रको १० वटा मध्ये ८ वटा साकोसहरुको सहभागिता रहेको थियो ।

नेफ्स्कुनका   अध्यक्ष पारितोष पौड्यालको प्रमुख आतिथ्यता एवम नेप्mस्कुनका लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा विशेष अतिथ्यता रहेको उक्त कार्यक्रमका स्यूचाटार साकोसका अध्यक्ष साधुराम गौतमका सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेफ्स्कुनका अध्यक्ष पारितोष पौड्यालले साकोसको लागि महत्वपूर्ण रहेको प्रस्तुत कार्यक्रमले कार्यक्रमले साकोसमा हुन सक्ने ठूलो घटनालाइ रोक्न र संस्था संचालनको विधि र निधी नै प्रोवेशन भएको बताउदै साकोसको लागि स्थिरिकरण र स्तरीयकरणमा आवद्ध हुन जरुरी रहेको बताउनुभएको छ ।

कार्यशालामा सहभागी साकोसले आ-आफ्नो  संस्थाको आर्थिक गतिविधि प्रस्तुत गर्दै यसवीचमा सिर्जित समस्याको सामुहिक समाधानको मार्ग पहिल्याउँने लक्ष्य सहित प्रत्येक तीन/तीन महिनामा आयोजना हुने कार्यशालाको पहिलो सत्रको सहजीकरण नेफ्स्कुनका  कार्यक्रम अधिकृत सन्दिप राज ढकालले गरिेको थियो ।

त्यस्तै कार्यक्रममा सहभागी वक्ताहरुले सहकारीको स्तरोेन्नतिको लागि यस किसिमको कार्यक्रम निकै लाभदायिक रहेको बताउदै कार्यक्रमको उपादेयता र औचित्य सकारात्मक रहेको ठहर सहित यसपटक अमरज्योति, ब्राइट, कोटदेवी, चमेली कल्याणकारी, गुडविल, म्हैपी, ग्रिनभ्याली तथा आयोजक स्यूचाटार साकोसका प्रतिनिधिहरुले आ-आफ्नो साकोसको आर्थिक लगायत अन्य विषय सन्दर्भमा प्रस्तुत गर्नु गरेको थियो ।

कार्यशालाको उद्घाटन शत्रमा संस्थाका निवर्तमान अध्यक्ष वीरेन्द्र वहादुर थपलियाले सहभागीहरुलाई स्वागत गर्दै संस्थाले जग्गा खरिद तथा भवन निर्माण गरी संस्थाले थप विश्वास आर्जन गर्न मद्त पुगेको जानकारी दिदै कार्यशालाको सफलताको कामना गर्नुभयो ।

त्यस्तै नेफ्स्कुनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले प्रोवेशन कार्यक्रमले साकोसलाई सुशासन कायम गर्न मद्दत पु-याएको, बताउदै कार्यक्रमा बढि भन्दा बढि साकोसलाई आवद्ध गर्दै लानु पर्नेमा जोड दिनुभएको थियो ।  त्यस्तै कार्यशालाका अर्का सहजकर्ता संजिव राज ढकालले भौतिकरुपमा हुन लागेको कार्यशालामा ५० वटा सूचाङ्क प्रस्तुत गरी आगामी दिनमा क्लष्टर अन्तर्गतका साकोसको सुदृढ गरिने विचार व्यक्त गर्नु भएको थियो ।

कार्यशालाका सभापति साधुराम गौतमले साकोसको लागि नेफ्स्कुनको भूमिका अपरिहार्य छ । हामीले ४२ जना सदस्यहरुबाट रु.२५,हजारका दरले पूँजी संकलन गरी अहिलेको अवस्थासम्म आएको स्मरण गराउदै यसवीचमा मानविय, सामाजिक, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा सहभागिता तथा सहयोग प्रदान गर्दै जानकारी दिनुभयो । कार्यक्रमको संचालन स्यूचाटार साकोसका सचिव कृष्णहरी खत्रीले गर्नु भएको थियो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु