काबुललाई रक्तपातबाट जोगाउन आफू कठीन निर्णयमा पुगेर देश छोडेको राष्ट्रपति असरफ घानीको प्रष्टोक्ति
काठमाडौ साउन ३२,
अफगानिस्तानको राजधानी काबुलमाथि आफ्नो पकड कायम भएसंगै तालिबानी लडाकूले आफ्नो जित भएको दाबी गरेका छन । राष्ट्रपति अशरफ घानी काबुल छोडेको केही घण्टापछि तालिबान राष्ट्रपति निबासमा पुगेर त्यहाँ आआफ्नो हतियार प्रदर्शन गरेको थियो ।
यसअघि तालिबान विद्रोहीहरू चारै दिशाबाट राजधानी प्रवेश गर्न थालेको समाचार सार्वजनिक भएलगत्तै आइतवारनै राष्ट्रपति असरफ घानी देश छोडेर उज्वेकिस्तान पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिबानले काबुल नियन्त्रणमा लिएसंगै युद्ध अन्त्य भएको घोषणा गर्दै काबुलमा चारैतिर तालिबानको सेतो झण्डा फहराएको जनाएको छ।
यसैवीच बीबीसी अनुसार राष्ट्रपति असरफ घानी छिमेकी राष्ट्र उज्वेकिस्तानको पुगेको र राष्ट्रपति असरफ घानीले उहाँले सामाजिक सञ्जाल फेसबुकमा राजधानी काबुललाई रक्तपातबाट जोगाउन आफू कठीन निर्णयमा पुगेर देश छोडेको उल्लेख गर्नुभएको जनाएको छ।
त्यस्तै अमेरिकाले दूताबासमा कार्यरत आफ्नो सबै कर्मचारी तथा कुटनीतिज्ञलाई विमानस्थलमा जम्मा गर्दै छ हजार अमेरिकी सेनाको घेराबन्दीम सुरक्षा दिदै गरेको समेत जनाएको छ ।