बुधबार, मंसिर १५, २०७८

म.प.बैठक : नेपाल कानुन आयोगका अध्यक्षमा पूर्व मुख्य न्यायाधीश सुवेदी नियुक्त

  • कोभिड र हैजाका खोपको क्लिनिकल ट्रायलका लागि अनुमति
  • जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग
  • राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्परमण वाग्ले र सलोनि प्रधान सिंहलाइ नियुक्त

काठमाडौं भाद्र १०,
काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले दार्चुलामा तुइन तर्दा वेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गत साउन १५ गते कहामाली नदीमा वेपत्ता भएका धामीको हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

त्यस्तै बैठकले नेपाल कानुन आयोगका अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई र राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्परमण वाग्ले र सलोनि प्रधान सिंहलाइ नियुक्त गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठक पछि बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कार्कीले कोभिड र हैजाका खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको जानकारी दिनुभएकोछ । त्यस्तै उहाँले औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सिफारिस अनुरुप स्वास्थ्य मन्त्रालयको प्रस्तावमा यी दुइ खोपका क्लिनिकल ट्रायलको अनुमति दिइएको बताउनुभयो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु