शनिबार, कार्तिक ६, २०७८

महानिर्देशकज्यू कर्मकाण्डी मात्रै कि कारवाही सहितको ठोस कार्य सम्पादन पनि ?

औषधि व्यवस्था विभागका महानिर्देशकज्यूलाइ खुला पत्र-

काठमाडौ भाद्र ९,

-श्रीजन झा-

महालेखा नियन्त्रक कार्यालयको सार्वजनिक भएको ५८ औं वार्षिक प्रतिवेदनमा समेत विभागले औषधि ऐन २०३५ को दफा १३ र १४ मा औषधिको गुणस्तर जाँच गर्नुपर्ने व्यवस्थाको बर्खिलाप  बजारमा उपलब्ध हुने औषधिको गुणस्तरको परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था अनुरुपको कार्य  नगरेको जिकिर

श्री महानिर्देशक ज्यू
औषधि व्यवस्था विभाग
काठमाडौं ।

विषय:  खुला पत्र ।

महाशय,
             उपरोक्त सम्बन्धमा यहाँ समक्ष नम्र निवेदन यो छकी, मानव स्वास्थ्य संग प्रत्यक्ष सम्बन्ध राख्ने औषधि र औषधि जन्य सम्पूर्ण क्रियाकलापको नियम गर्दै तमाम जनताको संविधानले नै प्रत्याभूत गरेको स्वच्छ तथा गुणस्तरिय औषधि सेवन गर्न पाउने मौलिक अधिकारको रक्षा गर्ने निकायको जिम्मेवारी सम्हादै गर्दा नेपाली औषधि बजारमा यो वा त्यो नाममा दिनानुदिन सिमित स्थार्थका लागि असिमित नागरिकको स्वास्थ्य माथि औषधिको नाममा हुँदै आएको अनेकौ खेलवादप्रति यहाँ जानकार नै हुनुहुन्छ भन्ने विस्वाससंगै  केहि थान प्रश्न सहित यो पत्र लेख्ने जमर्को गरेको व्यहोरा सादर अनुरोध गर्दछु ।

महानिर्देशक ज्यू , 

नागरिकको स्वास्थ्य माथि खेलवाद गर्दै औषधिको आवरणमा मौलाएका ठेकेदार , कालाबजारीको संरक्षण यहाँको दायित्व हो कि तिनीहरुलाइ तह लगाउदै कारवाही गर्ने ? 

औषधि व्यवस्था विभागमा अर्थ विना यताको फाइल उता सर्दैन भन्ने सेवाग्राहीको गुनासो सहित यहाँसम्मकी पछिल्लो समय विभाग मिनि भन्सारको प्रारुपमा रुपान्तरित हुँदै आएको जुन सेवा ग्राहीको गुनासो छ , त्यो गुनासोको सम्बोधन विभागीय प्रमुखको हैसियतमा तपाइको जिम्मेवारी  हो कि होइन ? 

पछिल्लो समय यो महत्वपूर्ण प्रसंगमा विभागबाट हुँदै आएको कामकारवाहीको सुक्ष्म अध्ययनको क्रममा आम नागरिकले बुलन्द गर्दै आएको मर्मस्पर्सी आवाज संग साक्षात्कार हुन नसक्नुको कारण के हो ?

तपाई नेपाल सरकारको तर्फबाट जनताको सेवामा समर्पित पब्लिक सर्भेन्ट भएका कारण पटक पटक बुलन्द भएका नागरिकको आवाज विहिन आवाजलाइ मुखरित गर्नकै लागि यो पत्र लेख्ने काम भएको जानकारी गराउदछु । औषधि व्यवस्था विभागको महानिर्देशक संगै तपाइ पनि एक नागरिक नै भएका कारण औषधिमा देखिएको चरम लापरवाही आम नागरिकको साटो  आफन्तवृतमा केन्द्रीत नभएकै कारण नियमको पक्षमा चुस्तता आउन नसकेको हो कि ?  वा औषधिको आवरणमा मौलाउदै गरेको कालाबजारी र ठेकदार संगको चोचोमोचोका कारण तपाइको कर्तव्यनिष्ठ जिम्मेवारीमा हलो अड्कको हो ? 

महानिर्देशक ज्यू,

यो पत्रमार्फत यहाँलाइ स्मरण गराउन चाहन्छु  तपाइले अनेकन आरोह अवरोह पार गर्दै विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दै गर्दा औषधि जगतका सरोकारवाला संघ सस्थाका प्रतिनिधिहरुको सफल कार्यकालका लागि स्वागतसत्कार ग्रहण गर्दैगर्दा गलाभरी पुष्पहार लगाउँदै व्यक्त गर्नुभएको प्रतिवद्धता पक्तिकारको कानमा अझै गुन्जिएको अवस्था छ ।

यहाँले त्यस समयमा अभिव्यक्त गर्नु भएको प्रतिवद्धतालाइ मनन गर्दै यहाँको कार्यकालमा औषधि जगतमा मौलाएको जुन सुकै किसिमको विकृतिको सहकार्य र समन्वयमा सम्बोधन हुने छ । आम नागरिकले गुणस्तरिय औषधि सहज निर्वाद रुपमा पाउँने छ । औषधिको नाममा मौलाएको सवै किसिमका जाल झेलयुक्त सञ्जालको क्रमभंगता हुनेछ । त्यस्तै सिमित स्वार्थका लागि मिनि भन्सारको प्रारुपमा रुपान्तरित हुदै गएको विभागमा भ्रष्टाचार आर्थिक हिमचिममा शुन्य सहनशिलता कायम हुनेछ । तपाइ औषधिको मार्मिकता बुझेको जिम्मेवार नागरिक भएकै कारण जनताले विभागीय संरचनामा जनताले अनुभुत गर्दै आएको यसअघिको विद्यमान अराजकताको काँचुलीमा विराम लाग्ने जुन विस्वास लिएको थियो । आज त्यो विस्वास जिजिविसामा रुपान्तरित भएका कारण यो पत्र लेखिएको व्यहोरा र सादर अनुरोध गर्दै यहाँँले पत्रमा उल्लेख भएको व्यहोराको मर्मलाइ समयसापेक्ष सम्बोधन गर्नुहुनेछ भन्ने विस्वास लिएका छौं । आगे यहाँको मर्जी ।

महानिर्देशक ज्यू,
पछिल्लो समय सिर्जित कोभिड महामारीको समयमा होस वा सामान्य सहज अवस्थामा विभाग परिसरमा आर्थिक नजराना प्राप्तिकै लागि हुने गरेको आधिकृत सूचना चुहावत देखि कमिसनको लागि ऐन र कार्यविधि विपरितका पटके सिफारिस , कमाउ धन्दा अन्र्तगत रेम्डिशिभिर , मास्क , अक्सिमिटर, गुणस्तरिहिन स्यानीटाजर , एउटा लेवलको औषधिमा अर्को औषधि पाइनु , नाफाखोर नियतिका कारण औषधिको कृतिम अभाव सिर्जना गरिनु , नियमनकै अभावमा सिटामोलको चरण अभाव हुनु जस्ता अनेकौ विषयगत एजेन्दा मात्र नभइ महालेखा नियन्त्रक कार्यालयको हालै सार्वजनिक भएको ५८ औं वार्षिक प्रतिवेदनमा समेत औषधि व्यवस्था विभागले औषधि ऐन २०३५ को दफा १३ र १४ मा औषधिको गुणस्तर जाँच गर्नुपर्ने व्यवस्था अनुरुप बजारमा उपलब्ध हुने औषधिको गुणस्तरको परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था अनुरुपको कार्य सम्पाद नगरेको जिकिर संगै औषधिको गुणस्तर कायम राख्न गर्नुपर्ने गुणस्तर परीक्षणको काम भने पर्याप्त मात्रामा नभएको उल्लेख गर्नुले उठान गरिएको यावत प्रसंग आफैमा पुष्टि भएको छ।

त्यस्तै प्रतिवेदनमा नेपाली बजारमा बिक्री हुने औषधिको गुणस्तरमा आश्वस्त हुने अवस्था नदेखिएको विषयलाई पनि औंल्याएको छ। औषधिको गुणस्तर परीक्षणको दायरा बढाउनुका साथै अनुगमनको कार्यलाई थप प्रभावकारी बनाउन महालेखा नियन्त्रक कार्यालयले दिएको सुझाव यसको ज्वलन्त उदाहरण मान्न सकिन्छ ।

त्यस्तै नियमन नभएका कारणनै विभागले यो वर्ष ९१८ नमूना परीक्षण गरेकोमा ८८ औषधिमा कैफियत देखिएको र कैफियत देखिएका तथा मापदण्ड बेगरका ४० प्रकारका औषधि बजारबाट फिर्ता गर्न कर्मकाण्डी रुपमा निर्देशन दिने निर्णय गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यदि यसवीचमा नियमको पाटो चुस्त भएको भए यस किसिमको अवस्था सिर्जना नहुने प्रतिवेदनको आशय रहेको सहजै बुझ्न सकिन्छ ।

महानिर्देशक ज्यू,
नेपाली औषधिको बजारमा मानव स्वास्थ्य संग प्रत्यक्ष खेलवाद गर्दै हुने गरेको कुकृत्य पछिल्लो समय निकै झाकिगदै आएको पाइएको छ ।
चाहे त्यो कोभिड कहरका वीच कमाउ धन्दा अन्र्तगत गर्दै रेमडिसिभिर इन्जेक्शनमा भएको कालाबजारी होस वा महामारीको समयमा मानव स्वास्थ्यसंग प्रत्यक्ष सम्बधन राख्ने गुणस्तरहिन स्यानिटाजर, ग्लोव अक्सिमिटरको कालावजारी नै किन नहोस यसका ठेकदारहरुले दिन दुइ गुणा रात चौगुणाको रफ्तारमा आर्जनकै लागि गर्दै आएको कालाबजारी प्रति नियमक निकाय औषधि  व्यवस्था विभाग पानी माथिको ओभानो बन्दै प्रकट गर्दै आएको नैराश्यता आफैमा संसयको विषय बनेको छ ।

त्यसोत पछिल्लो समय बढ्दो चौतर्फी दवाव संगै गुणस्तरहिन स्यानिटाजरको नियमनमा विभागीय अधिकारीहरु जागरुक देखिएपनि अन्य पक्षमा भने प्राय गुमनामनै रहेको औषधि व्यवसायीहरुको जिकिर संगै औषधि व्यवसायीको नाममा अनेकन काला धन्दा गर्ने कालबजारीको सल्बलाहटमा हग्नेलाइ भन्दा देख्नेलाइ लाज भने जस्तै औषधि विभागमा देखिने गरेको रंग एक रुप अनेकको प्रवृति दिनानुदिन गाँजिदै गर्दा औषधि व्यवसायीको आवरणमा मौलाउदै आएको कालाबजारीले थप प्रशय पाउदै आएको पाईएको छ।

यदि अवस्था त्यस्तो नहुँदो हो भने कडा खालका पिनास, निमोनिया जस्ता इन्फेक्शनविरुद्ध नशाबाट दिइने इन्जेक्शनमा खेलवाद हुँदा समेत दोषी उपर छानविन सहितको कारवाही भन्दा पनि रिकलको नाममा मानव स्वास्थसंग प्रत्यक्ष सरोकार राख्ने इन्जेकशनमुलक औषधिको रिकलको नाममा रुमलिनु नितान्त न्यायोचित पक्ष मान्न सकिन्न ।

प्रसंग हो महाराजगञ्ज शिक्षण् अस्पतालस्थित  सोविका फर्मा स्यिुटिकल्सबाट औषधि उपभोक्ताले शिक्षण अस्पतालम भर्ना भइ सर्जरी गराउँदै गरेका आफन्तको प्रयोगको लागि खरिद गरेको नाक कान घाँटी सतिको सर्जरी वा कडाखालका इन्फेक्सन विरुद्ध प्रयोग हुने युझोलिन १००० नामको इन्जेक्शन खरिद गर्दा युझोलिनको वत्तामा युरोक्झीम ७५० नामको अर्को इन्जेक्शन भेटिएको हो । जुन औषधिको क्षेत्रमा हुने गरेको मानव स्वास्थ्यमाथि हुँदै आएको पछिल्लो लापरवाइको पराकाष्ठाको प्रारुपमा दर्ज भएका छन ।

फर्मास्यिुटिकल्सका सञ्चालकल कृष्ण मगरको भनाइलाइ मनन गर्नेहो भने जेनिरिक नेम सेफाजोलिन र व्राण्ड नेम युझोलिन १००० रहेको इन्जेक्शन युमेडिका प्रालिको उत्पादन रहेको र सेफाजोलिनको वत्ताभित्र भेटिएको अर्को इन्जेक्शन पनि सोहि कम्पनीको युरोक्झीम ७५० नामको अर्को इन्जेक्शन  पाइएको जनाउदै उनले भने- धन्य इन्जेकशन खरिद गर्ने उपभोक्ता नम्र शैलीको परे होइन भने पहिले व्यवसायीमाथिनै जाइ लाग्दै पसल तोड फोड सहित गलत औषधि बेच्ने भन्दै जे पनि गर्न सक्थ्यो । तर घटना त्यस तर्फ नमोडिएपनि औषधिमा भएको यस किसिमको लापरवाहीका कुनै अर्थमा पनि क्षम्य मान्न सकिन्न । हेर्नुस व्यवसायी मगरको प्रतिक्रिया  :

युझोलिन १००० नामको इन्जेक्शनको वत्तामा युरोक्झीम ७५० नामको अर्को इन्जेक्शन भेटिएको हो, भने त्यसलाइ सामान्य मानवीय कमजोरी मान्न सकिन्छ । तर प्याकेटका प्याकेट नै  v30041 एउटै ब्याच न को दुइ फरक मोलेक्यु सहितका  इन्जेक्शन  भेटिदै गर्दा समेत औषधि व्यवस्था विभागले यस्तो गम्भीर लापरवाही  [भारतीय औषधि उत्पादक कम्पनी युमेडिका प्रालिको नेपालका लागि आयातकर्ता फर्मा डाइनामिक प्रालि रहेको उक्त औषधि] भेटिएको ४ दिन पछिमात्र रिकलको कर्मकाण्डी नाटक मञ्चन सिवाय नेपाल स्थित आधिकारिक आयातकर्ता कम्पनी प्रति  कारवाहीको हकमा तै चुँप मैँचु रहेको पक्ष प्रति जनजनको निगरानी रहेको हेक्का रहोस ।

इजेक्शनको मोलेक्यु नै फरक रहेको एक इन्जेक्शनको वत्तामा अर्को इन्जेक्शन राख्दै बजारम विक्रि वितरणका लागि पठाउँदै मानव स्वास्थ्य संग खेलवाद गर्ने औषधि व्यवसायी संघका केन्द्रीय सदस्य समेत रहेका भारतीय औषधि कम्पनी युमेडिकाका लागि नेपालका आयातकर्ता सिजन भटटराइसंग यस विषमा प्रतिक्रिया माग्दा उहाँले यसविषयमा आफु अनभिज्ञ रहेको दावी सहित आफुले पनि कम्पनीमा बुझ्दै गरेको  र सोको जानकारी आएपछि थप कुरा गर्ने भन्दै कुनै खास प्रतिक्रिया दिन चाहेनन ।

युझोलिन घटना प्रकरणको ४ ५ दिन पछि विभागले नियमन गरेको नौटङ्की सहित सोविका फर्मामा पुगेको ती इन्जेक्शनका माइल नियन्त्रणमा लिदै रिकलको सूचना जारी गर्नु सिवाय कुनै ठोस कदम चालेको पाइएन । स्मरण रहोस, यस किसिमका घटना घटेको अवस्थामा रिकलसंगै औषधि ऐनमा प्रष्ट कारवाहीको दफागत व्यवस्था भएपनि विभाग औषधि एने कुन चरीको नाम हो भन्दै आफ्नै तालमा रुमलिएको समाचार स्रोतको दावी रहेको छ । यसवीचमा दवाव र प्रभाव संगै अर्थ नजरानाको चलखेल भएके समेत स्रोतले जनाएको छ ।[विभागको तर्फबाट जारी रिकलको कर्मकाण्डी सूचना]

त्यस्तै पछिल्लो समय कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिनु आफैम शुभ संकेत किमार्थ मान सकिन्न । यस्तो संकटको समयमा बजारमा सिटामोल सहज रूपमा नपाइँदा सर्वसाधारण समस्यामा पर्दै गर्दा समेत विभागीय अधिकारी भने बजारमा सिटामोल अभावको हल्ला आफूले पनि सुनेको तर त्यो सबै सत्य नभएको जनाउ दिन पछि नर्पनु भनेको जनताको स्वास्थ्य माथि विभागीय लापरवाही हो वा होइन विषय आफैमा प्रष्ट छ । यी त प्रतिनिधी मुलक घटना मात्र भए । यस्ता अनगिन्ती घटनाका फेहरिस्त हामीसंग थप सुरक्षित रहेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु