सोमवार, बैशाख ३, २०८१

महानगरको ३२ वटै वडामा सञ्चालित ४ दिने खोप कार्यक्रम स्थगन

काठमाडौं साउन १८,
काठमाडौं महानगरपालिकामा गत १४ गतेबाट जारी भेरोसेल खोप लगाउने कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि आइतबारबाट खोप कार्यक्रम स्थगित गरिएको छ ।

महानगर शहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरको हस्ताक्षरमा जारी सूचनामा खोप केन्द्रमा भएको मौज्दात समाप्त भएसंगै महानगरपालिकाको ३२ वटै वडामा सञ्चालन भएको खोप कार्यक्रम साउन १७ गतेबाट स्थगित भएको उल्लेख गरिएको छ।

यसअघि जारी सूचनामा साउन १४ देखि १८ गते सम्म खोप अभियान स१ाचलन हुने व्यहोरा उल्लेख गरिएको थियो ।