काठमाडौ भाद्र १,
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश न २ को प्रदेश प्रमुख हरिशंकर मिश्रलाइ नियुक्त गरिएको छ।
नवनियुक्त प्रदेशको प्रमुख मिश्रलाइ राष्ट्रपतिको कार्यालयमा आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
यसअघि उक्त प्रदेशको प्रमुख रहेका राजेश झालाइ राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को मिति २०७८/४/३२ गतेको बैठकको निर्णय अनुरुप संविधानको धारा १६५ को उपधारा १ को खण्ड [ख] बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुखबाट पदमुक्त गर्नुभएको हो ।