शुक्रबार, बैशाख ७, २०८१

पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोभिड सङ्क्रमण ,२३ को मृत्यु

काठमाडौं साउन १८
पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ६१३ जनामा पिसिआर परीक्षणको क्रममा थप २ हजार २७९ जना र ३ हजार १९८ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ८४६ जना गरि कुल ३ हजार १२५ जनामा कोभिड संक्रमित पहिचान भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिदै यसवीचमा सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै आज पहिचान भएका कोभिड संक्रमितको मृत्युसंगै कुल मृतकको सख्या ९ हजार ८९८ पुगेको समेत मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु