बुधबार, मंसिर १५, २०७८

त्रिविको भाद्र ५ गतेसम्मका लागि घोषित परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड सहित सञ्चालन हुने

काठमाडौ साउन २५,
त्रिभुवन विश्वविद्यालयले आगामी भाद्र ५ गतेसम्मका लागि घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने विश्वविद्यालय जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी सँगको सहमतिमै विश्वविद्यालयले भाद्र ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

स्मरण रहोस विश्वविद्यालयमा स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा कार्यक्रम सहित हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा सञ्चालन भइरहेको छ । ।

साथै परीक्षा सञ्चालनको क्रममा परीक्षा केन्द्रमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षासमेतको मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न प्राप्त अनुमति अनुरुप परीक्षा सञ्चालन हुने बताइएकोछ ।

यद्यपी भाद्र ११ गतेबाट स्नातक तहतर्फ एलएलबी प्रथम वर्षको परीक्षा ,२७ गतेबाट एलएलबी दोस्रो वर्षको परीक्षाको हकमा भने ​कोभिड सङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी निर्णय गरिने । विश्वविद्यालयले जनाएकेछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु