सोमवार, मंसिर १९, २०७९

कोभिड संक्रमणका कारण पत्रकार विष्टको निधन

काठमाडौं साउन २८,
नेपाल पत्रकार महासंघले कोभिड संक्रमणका कारण निधन भएका पत्रकार मनोज विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ। उज्यालो रेडियो नेर्टवर्कसहित विभिन्न सञ्चारमाध्यममा लामो समय पत्रकारितामा क्रियाशील पत्रकार विष्टलाइ कोभिड संक्रमण भएको पुष्टि भएसंगै काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचाररत रहेको र उपचारकै क्रममा गत साउन २३ गते निधन भएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै जारी विज्ञप्तिमा पत्रकार विष्टको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु पत्रकार गुमाएको उल्लेख गर्दै विष्टप्रति श्रद्धाञ्जली अर्पण गर्नुको अलावा दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ ।

स्मरण रहोस कोभिड संक्रमणका कारण हालसम्म २१ जना पत्रकारको निधन भएको छ भने १ हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोभिड संक्रमणको पछिल्लो समय बढ्दो चुनौतीपूर्ण अवस्थामा महासंघले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल समेत गरेको छ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु