शुक्रबार, बैशाख ७, २०८१

काठमाडौँ उपत्यकाका मात्र ९४६ कोभिड संक्रमित थपियो

काठमाडौं साउन २७,
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ९०७ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा २ हजार ६१६ जनामा र ५ हजार ७४९ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ८६५ जना गरि कुल ३ हजार ४८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौँ उपत्यकाका मात्र ९४६ रहेको जनाएको छ । त्यसमध्ये काठमाडौमा ६६३, ललितपुरमा १९२ र भक्तपुरका १०९   रहेको जनाएकोछ । यस्तै, काठमाडौमा १ हजार ९९५, ललितपुरमा ६१३ र भक्तपुरमा ३९७ जना कोभिड भाइरसका कारणले मृत्यु भएको समेत मन्त्रालयले जनाएकोछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु