मङ्लबार, बैशाख ४, २०८१

एक महिना अघिको बाढीको सन्त्रास भुल्न नपाउँदै मेलम्चीमा फेरी आयो ठूलो बाढी , चनौटेको रातो पुल समेत क्षतिग्रस्त

तालामाराङको प्रहरी चौकीमा समेत बाढी पसेपछि सुरक्षाकर्मी समेत विस्थापित,तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं साउन १७ ,
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शनिबार साँझ मेलम्ची नदीमा एक्कासी ठूलो बाढी आएसंगै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

गत असार १ गते मेलम्ची र हेलम्बुमा बाढी पहिरो जाँदा ठूलो जनधनको क्षति संगै बाढी पहिरोका कारण वेपत्ता भएका २० जना अझै फेला परेका छैनन्। अहिले त्यसक्षेत्रमा प्रशासनले हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएपछि एक्कासि ठूलो बाढी आएको प्रारम्भिक अनुमान गर्दै यस्तो आग्रह गरेको हो ।

प्रशासनकार्यालयका अनुसार अकस्मात आएको बाढीको कारण रेडियो मेलम्चीको भवन ढलेको छ भने हेलम्बुस्थित चनौटेको रातो पुल समेत बगाएको छ। यद्यपी बढ्दो बाढीको वेगसंगै तटिय क्षेत्रमा सुरक्षाकर्मीलाई अलर्ट अवस्थामा राखिएको जानकारी प्राप्त भएको छ।

यसैवीच यसअघिको बाढीमा समेत जोगिएको बाढीले आइतबार रातो पुल भने यसपटक समेत बगाउनुको अलावा तालामाराङको प्रहरी चौकीमा समेत बाढी पसेपछि सुरक्षाकर्मी समेत विस्थापित भएको बुझिएको छ । एक महिना अघिको बाढीको सन्त्रास भुल्न नपाउँदै गएरातिको बाढीका कारण बाढीपहिरो पीडितहरु थप समस्यामा परेका छन् ।