शनिबार, माघ १५, २०७८

आज साउन महिनाको अन्तिम सोमबार, सौभाग्य एवम् समृद्धिको कामना सहित भगवान शिवको पूजाअर्चना हुँदै 

[फाइल फोटो]

काठमाडौ साउन ३२,

आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा सुख, शान्ति तथा सौभाग्य एवम् समृद्धिको कामना गर्दै भगवान शिवलाई जल चढाउँदै मनोकामना पूर्णताको कामना गरिएको छ ।

राजधानीको पुशपतिनाथ , काठमाडौंको मरुहिटीस्थित सन्तानेश्वर महादेव मन्दिर लगायत कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, चितवनको देवघाटमा बिहानैदेखि हरियो बस्त्र र आभूषणमा सजिएका महिला भक्तजनको घुइँचो लागेको हाम्रा सहकर्मीहरुले जनाएका छन ।

त्यस्तै आजको दिन काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा चढाउने बोलवम समूहको पनि त्यतिकै घुइँचो रहेको छ । त्रेतायुगमा पार्वतीले भगवान शिवलाई बरको रुपमा प्राप्त गर्नका लागि १६ सोमवारी ब्रत गरेको कुरा शिवपुराणमा उल्लेख भएअनुरुप आजको दिन महादेवको पूजा पाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु