मङ्लबार, अशोज १२, २०७८

अफगानिस्तानको राजधानी काबुल तालिबान लडाकुको नियन्त्रणमा,राष्ट्रपति घानी देश छोडेर काजिकिस्तान पुगे

काठमाडौं साउन ३१,
तालिबान लडाकुहरुले अफगानिस्तानको राजधानी काबुल प्रवेश अफगानिस्तान कव्जा गरेका छन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पछिल्लो समय प्रमुख शहरहरु कब्जा गरेका तालिबान लडाकुहरुले आइतबार राजधानी काबुल प्रवेश गरेको जनाएको छ। त्यस्तै तालिबानले आफ्ना लडाकुहरुलाई राजधानी काबुलमा सकेसम्म युद्ध नगर्न आदेश दिएको छ । सुरक्षित रुपमा निस्कन चाहनेहरुलाई जान दिन आफ्ना लडाकुलाई निर्देशन दिएको समाचारमाध्यले जनाएको छ ।

त्यस्तै तालिबान विद्रोहीहरू चारै दिशाबाट राजधानी प्रवेश गर्न थालेको समाचार आए लगत्तै राष्ट्रपति असरफ घानीको कार्यालयले काबुलका जनतालाई नअत्तालिन आग्रह गरे पनि अफगानी राष्ट्रपति घानी भने देश छोडेर काजिकिस्तान पुगेको बताइएकोछ ।

समाचार एजेन्सीका अनुसार उनीसँगै उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेको बताइएकोछ । काबुलस्थित पत्रकार बसिर अहमद ग्वाखले राष्ट्रपति घानीले राजीनामा दिएको जनाएका छन् । उनका अनुसार राजीनामको सक्कली पत्र कतारस्थित तालिवानलाई पठाइएको छ । राष्ट्रपति घानीले देश छाडेलगत्तै कावुल पनि तालिवानको नियन्त्रणमा जादैछ। विना रक्तपाद अमेरिकी पिछलग्गु २० वर्षपछि चिनियाँ र पाकिस्तानको अदृश्य सहयोगमा अमेरिकी समर्थित सरकारलाई अपदस्थ गरि कावुललाई नियन्त्रणमा लिदै गर्दा विश्वका अन्य मुलककले तालिवान शासनलाई कसरी मान्यता दिन्छ,त्यो भने हेर्न बाँकी छ।

विश्लेषकहरुका अनुसार तालीवनाीहरुले धार्मिक कठमुल्लाहवाद शासन गर्न खोज्यो भने विश्वबाट फेरि अलग हुनेछ,उदारतासाथ अगाडि बढयो भने बिस्तारै विश्वको साथ र सहयोग पाउने छ। विगत बीस वर्षमा तालिवान निकै उदार भएको बताइन्छ। नेपालका प्रचण्ड जस्तै तालिवानी नेताहरू सिद्धान्तमा निकै लचिलो भएको अनुमान गरिएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु