सोमवार, बैशाख ३, २०८१

मध्यपहाडी लोकमार्ग योजनाका प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौं साउन १२ ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

आयोगले मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईं ,तत्कालीन इन्जिनियरद्दय दिपक कुमार खड्का र गजेन्द्र प्रसाद राउत लेखा अधिकृत दुर्ण प्रसाद फुयाल र महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक ठेकेदार रवि सिंह विरुद्ध मुद्धा दायर गरेको हो ।

 दायर मुद्धामा अख्तियारले तत्कालीन योजना प्रमुख चापागाई ,तत्कालीन इन्जिनियरद्दय विरुद्ध ६८ लाख ९३ हजार ७७८ रुपैयाँ बिगो दाबी गरिएको छभने   लेखा अधिकृत दुर्ण प्रसाद फुयालसँग २१ लाख ४९ हजार ८१८ रुपैयाँ र   ठेकदार सिंहसँग ६८ लाख ९३ हजार ७७८ रुपैयाँ बिगो दाबी गरिएको छ ।

 साथै आयोगले अभियोग पत्रमा निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनपर्ने भन्दा फरक ब्यहोराको भेरिएसन पेश गरी, सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराई, इष्टिमेट विपरीत बिना कुनै निर्णय फिल्डमा काम गरीरगराई, फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारी एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरी, एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम इखभचबिउ भई एउटा ठेक्‍काबाट म्एच् अनुसारको इष्टिमेट तयार भई भएको काम भ्बचतजधयचप को भुक्तानी भइसके पछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्‍काबाट काम गराई विल तयार पारी भुक्तानी लेन देन  गर्दै आर्थिक अनियमितता  गरेको जनाएको छ ।