मङ्लबार, अशोज १२, २०७८

३ प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं साउन १०,
सरकारले ३ प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्बर २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय सहित प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था अनुरुप राष्ट्रपतिसमक्ष सिफारिस गरेको बुझिएकोछ ।

यसरी हटाउन सिफरिस गरिएका प्रदेश प्रमुखत्रयमा क्रमस प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता कुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादव रहेका छन ।

साथै समाचार स्रोतका अनुसार सरकारले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी रहेको  छ भने प्रदेश न २का लागि समेत नयाँ प्रदेश प्रमुखको तयारी भएको बुझिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु