बिहिबार, बैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोभिड सङ्क्रमण, २० को मृत्यु

काठमाडौ साउन १२,
पछिल्लो २४ घण्टामा थप दुई ३ हजार ८९९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेजनाएकोछ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६५५ को पिसिआर परीक्षणको क्रममा उल्लेखित सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै ४ हजार ८४३ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा समत १ हजार १७३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
साथै यसवीचमा १ हजार ७७८ जना सङ्क्रमित उपचारपछि डिस्चार्ज भएको जनाउनुको अलावा वितेको २४ घण्टामा सङ्क्रमणका कारण २० जनाको मृत्यु भएको र योसँगै मृतकको सख्या ९ हजार ७५८ पुगेको मन्त्रालयले जनाएको छ।