बिहिबार, चैत्र १५, २०८०

आयोगले आज जनता समाजवादी पार्टीमा सिर्जित आधिकारिकता विवादको निरुपण गर्दै

काठमाडौँ साउन ११,
निर्वाचन आयोगले पछिल्लो समय २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीमा सिर्जित आधिकारिकता विवादको निरुपण गर्दैछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले यसअघि आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको निरुपणका लागि इजलास गठन गरी गत साउन ७ गते कानूनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरे अनुरुप पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको जानकारीदिनभयो ।

आयोगमा हुने केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुकोसनाखतसंगै जसपाको आधिकारिकताको आजै निरुपण हुने संभावना रहेको प्रवक्ता श्रेष्ठले बताए । स्मरण रहोस, तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो । पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए । यादव पक्षले सरकारमा सहभागिता जनाउने निश्चित भइसकेको छ ।

त्यस्ते आयोगले पार्टीमा सिर्जित विवादको निरुपण गर्नु अघिनै ठाकुर समूहले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटउपर अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो ।