शुक्रबार, बैशाख ७, २०८१

सोमबारदेखि मनसुन थप सक्रिय हुँदै, देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं साउन १०,
जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि मनसुन सक्रिय भई देशभर पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएकोछ ।
विभागका अनुसार न्यूनचापीय रेखा आइतवार रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना बढेसंगै सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना औल्याएको हो ।

त्यस्तै यसवीचमा सक्रिय हुने मनसुनका कारण आगामी बुधबारसम्म वर्षाको सम्भावना रहेको जनाउदै विभागले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्श सहितको सूचनामा पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

साथै हाल देशभर सामान्य बदली रही प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै सोमबार देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु