शुक्रबार, बैशाख १४, २०८१

कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि

काठमाडौं साउन ५ ,
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भाद्र ९ सम्म गर्ने निर्णय गरेको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्यार्थीलाई होम सेन्टरमै परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको हो ।

यसअघि गत जेठ महीना तय भएको कक्षा १२ को वार्षिक परीक्षा कोभिड महामारीको दोस्रो लहरबाट उत्पन्न परिस्थितिले स्थगित भएको थियो ।

त्यस्तै परीक्ष सञ्चालनका लागि बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै जेड आकारमा परीक्षार्थीलाई राख्न समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्नेलगायत विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको हो।