शुक्रबार, चैत्र १६, २०८०

काठमाडौ उपत्यकाका ७१९ सहित ३ हजार १०८ थपिए ,२५ को मृत्यु

फेरी बढ्न थाल्यो कोभिड संक्रमित

काठमाडौं साउन ५ ,
पछिल्लो २४ घण्टामा थप ८ हजार ८३६ को पिसिआर परीक्षण तथा चार हजार २९९ को एन्टिजेन परीक्षणको क्रममा नेपालमा कोभिड सङ्क्रमितको सङ्ख्या बढ्दो पाइएकोछ । वितेको २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर ३ हजार १०८ पुगेसंगै विगत २ दिनको तुलनामा कोभिड सङ्क्रमितको सङ्ख्या बढ्दो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

स्मरण रहोस सोमबार सङ्क्रमितको सङ्ख्या २ हजार ४४५ रहेको थियो भने आइतबार सो सङ्ख्या १ हजार ८०१ रहेको थियो ।

त्यस्तै यसवीचमा १ हजार ५९५ सङ्क्रमित निको भई घर फर्किएको जनाउदै मन्त्रालयले हालसम्म छ लाख ३४ हजार ७२७ जना कोभिड मुक्त भएको जानकारी दिएको छ।

त्यस्तै मन्त्रालयले काठमाडौ उपत्यकामा यसवीचमा ७१९ सङ्क्रमित थपिएको जनाएकोछ । मन्त्रालयका अनुसार यसरी थपिएका संक्रमित मध्ये काठमाडौका ५३१, भक्तपुरका ४१ तथा ललितपुरका १४७ जना रहेको जनाएको छ । साथै सङ्क्रमणका कारण थप २५ सङ्क्रमितको मृत्यु भएको र योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ ।