बुधबार, अशोज १२, २०७९

१९ करोड रुपैयाँ बराबरको चेक सहित मिटरव्याजी उप्रेती पक्राउ

काठमाडौं साउन ३ ,
विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपैयाँ बराबरको चेकहरू सहित दोलखा मेलुङ गाउँपालिका(१ घर भई हाल ललितपुर भैसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई काठमाडौं महानगरपालिका(७ चाबहिल मित्रपार्कस्थित द्रिशान्त अटोमोबाईल्स प्रालिबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका(२ बस्ने दोलखा घर भएका ४० वर्षीय प्रकाश कार्की र काठमाडौं महानगरपालिका(३२ कोटेश्वर बस्ने रामेछाप घर भएका ६० वर्षीय हेमरा गुभाजुले गणेशबाट बिभिन्न मितिमा रकम लिएकोमा गणेशले चर्को मिटर ब्याज लगाई प्रकाशबाट ४ करोड १६ लाख रुपैयाँको चेकहरू र हेमराजबाट ४ करोड १४ लाख रुपैयाँको चेकहरु लिई सो बापतको रकम नदिएमा ज्यान मार्ने समेतको डरत्रास देखाई ठगी गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाउदै सो सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु