शुक्रबार, बैशाख ७, २०८१

थप १ हजार २२३ जनामा कोभिड सङ्क्रमण पुष्टि, २३ को मृत्यु

प्रधामन्त्री देउवाले उपत्यका भित्र रहेको खोप केन्द्रको अनुगमन गर्ने

काठमाडौं साउन ३ ,
पछिल्लो २४ घण्टामा १ हजार २२३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाएको छ। मन्त्रालयका देशभरका प्रयोगशालामा गरिएको छ हजार ६२८ जनामा पिसिआर परीक्षणको क्रममा ​उल्लेखित सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

यस्तै मन्त्रालयले यसवीचमा ती ३जार जनामा गरिएको एन्टिजेन परीक्षणणको क्रममा ५७८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै यसवीचमा १हजार ६६७ जना संक्रमित निको भएको जानकारी दिनुको अलावा वितेको २४ घण्टामा सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको र योसँगै मृतकको सख्या ९ हजार ५५० जना पुगेको जनाएकोछ ।

यसैवीच कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक पटक लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप पहिलो मात्रा लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ४ देखि ६ गतेसम्म सञ्चालन हुने खोप अभियान ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति लक्षित हुने जनाएको छ। त्यस्तै पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थी समेतलाइ दिइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आज जारी विज्ञप्तिमा खोप अभियानको प्रधामन्त्री शेरबहादुर देउवाले उपत्यका भित्र रहेको नेपालअर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्ययालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महावौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायतका केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुहुने उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु