शनिबार, कार्तिक ६, २०७८

देउवा सरकारको सिफारिशमा राष्ट्रपतिद्वारा साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं साउन १ ,  
सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । नेपालको संविधानको धारा १५७ को उपधारा १ बमोजिम आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु