शुक्रबार, चैत्र १६, २०८०

आइतबारदेखि मनसुन थप सक्रिय हुँदै ,देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौ असार ३१,
जल तथा मौसम विज्ञान विभागले बढ्दो मनसुनी वायुको प्रभावसंगै देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको संभावना रहेको जनाएकोछ ।

त्यस्तै विभागले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याउँनुको अलावा आइतबारदेखि मनसुन थप सक्रिय भई देशको पश्चिमी भूभागमा भारी वर्षा तथा अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै प्रदेश नं एक, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाउनुको अलावा शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।