शनिबार, बैशाख ८, २०८१

खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई रु ५ अर्बको सहमति

काठमाडौं असार ३०,
सरकारले कोभिड विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद बहालीसंगै खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गर्नुभएको हो ।

नव नियुक्त प्रम शेरबहादुर देउवा नेतृत्वको सरकारको मंगलवार बसेको मप बैठकले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने पहिलो निर्णय गरे अनुरुप यस्तो निर्णय भएके मन्त्रालयले जनाएको छ।
त्यस्तै को थियो । सरकारले आगामी असोज मसान्तसम्म एक तिहाइ र चैत मसान्तसम्म खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ ।

साथै अर्थमन्त्री शर्माले कोभिड–१९ नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णय गर्दै सङ्घीय अस्पतालका लागि रु। ५६ करोड ४१ लाख ५७ हजार र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत रु। ३७ करोड ३४ लाख ९० हजार वित्तीय हस्तान्तरण गर्ने भएको छ।