सोमवार, साउन १८, २०७८

दिवंगत नेता श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा

काठमाडौं असार २८,
गत जेठ १५ गते दिवंगत हुनुभएका नेपाली काँग्रेसका पूराना नेता हरेन्द्र वहादुर श्रेष्ठको ४५ औ दिनको पुण्यतिथिमा श्रद्धासुमन अभिव्यक्त गर्दै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ।

काठमाडौं महानगरपालिका वडा न.१९ का पूर्व वडाध्यक्ष, उपभोक्ता मञ्च नेपालका संस्थापक अध्यक्ष , १९  न वडास्थित श्रीकृष्ण भजन मण्डलका अध्यक्षसंगै बाल गोपाल भजन सञ्चालन संस्थाका सल्लाहकार रहनुभएका श्रेष्ठको स्मृतिमा आयोजित उक्त कार्यक्रममा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै नेपाली काँग्रेसका महासमिति सदस्य राजु राज जोशीले श्रेष्ठले मुलुकको राजनैतिक र सामाजीक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो ।

त्यस्तै काठमाडौं काँग्रेसवडा न.१५ इकाइका सभापति राजु खरेल, वालगोपाल भजन संञ्चालन संस्थाका वरिष्ठ कार्यसमिति सदस्य शुशिल राजोपाध्याय , कार्यक्रमको सहजीकरण सहित नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष श्रीजन झा लगायतले उहाँसंग निकट रहेर गरेको कार्यानुभवको चर्चा गर्दै  श्रद्धाञ्जली अपर्ण गर्नु भएको थियो ।

कार्यक्रममा  काठमाडौं काँग्रेस क्षेत्र न ८ का सचिव राजेश श्रेष्ठ ,काठमाडौं वालगोपाल भजन संञ्चालन संस्थाकी अध्यक्ष् अम्विका सिंह लगायत संस्थfका पदाधिकारी , महानगर १९ का निर्वाचित जनप्रतिनिधीहरु, वडा इकाइ समितिका पदाधिकारी , वडा न. २० काँग्रेस इकाइ समितिका अध्यक्ष राजेन्द्र मानन्धर, वडा न. २४ काँग्रेस इकाइ समितिका अध्यक्ष विनोद राजभण्डारी , नेपाल तरुण दल क्षेत्र न. ८ का अध्यक्ष अनिरुद्ध प्रधान , महाधिवेशन प्रतिनिधीद्दय रविन्द्रलाल श्रेष्ठ , नेविन मानन्धर, महिला संघ क्षेत्र न. ८ का अध्यक्ष ज्योत्सना सिन्दुराकार, अरुणोदय निमावि व्यस्थापन समितिका अध्यक्ष विनय श्रेष्ठ, काँग्रेस नेता राजेन्द्रराम श्रेष्ठ लगायतका स्थानीय भद्रजनको उपस्थिती रहेको थियो ।

 

 

 

 

 

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु