मङ्लबार, बैशाख ११, २०८१

थप १हजार ६९० जनामा कोभिड संक्रमण , १८ को मृत्यु

काठमाडौं असार २८,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६८९ जनामा पिसिआर परीक्षणको क्रममा १हजार ६९० जना र ३ हजार ८९५ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ६८० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको       छ ।

त्यस्तै मन्त्रालयले कोभिड सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको जानकारी सहित वितेका २४ घण्टामा पहिचान भएका मृतकसंगै मृतकको सख्या ९ हजार ४ सय पुगेको जनाएको छ। साथै यसवीचमा १ हजार ५३३ जना संक्रमित सङ्क्रमणमुक्त भएको जानकारी मन्त्रालयले दिएको छ।