शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं उपत्यका सहित नौ जिल्ला कोभिड संक्रमितको प्रभावमा

काठमाडौं असार २७,
पछिल्लो २४ घण्टामा थप एक हजार २३७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ५ हजार ५३५ जनाको पिसिआर परीक्षणको क्रममा उल्लेखित सख्यामा सङ्क्रमण पुष्टि भएको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले यसरी पुष्टि भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३९१ जना रहेको जनाएको छ ।मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौका ३६३, ललितपुरका ९७ र भक्तपुरका ३१ जना रहेको जानकारीदिनुको अलावा पछिल्लो डेटा अनुसार उपत्यकाका३ जिल्लासहित ९ वटा जिल्लाहरू क्रमस कास्की, चितवन, मकवानपुर, सुनसरी, झापा र मोरङमा ५ सयभन्दा बढी सङ्क्रमितको प्रभावमा रहेको छन् ।