मङ्लबार, बैशाख ११, २०८१

देशभर कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या ९ हजार नाघ्यो

थप १ हजार २१८ जनामा  सङ्क्रमण पुष्टि, बढ्दो मानिसको भिडभाड संगै स्वास्थ्य मापदण्ड पालनाको पक्षमा देखिएको गम्भीर लापवाहीका कारण स्थिती दिनानुदिन जोखिमपूर्ण बन्दै

काठमाडौं असार २४ ,
बिहिबार देशभर थप १ हजार २१८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने यसवीचमा १ हजार २८६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस्तै मन्त्रालयले वितेको २४ घण्टामा कोभिड सङ्क्रमणका कारण २९ जनाको मृत्यु भएको र योसंगै मृतकको सख्या ९ हजार ३२० पुगेको जनाएको छ।

यसैवीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा सङ्क्रमण दरमा वृद्धि भइरहेकाले जोखिम बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले वेलैमा सर्तक नहुने हो भने अवस्था थप भयावह बने संभावना बढ्दो रहेको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणले गति लिन थालेको जनाइएको छ । बजारमा बढ्दो मानिसको भिडभाड संगै स्वास्थ्य मापदण्ड पालनाको पक्षमा देखिएको गम्भीर लापवाहीका कारण स्थिती दिनानुदिन जोखिमपूर्ण बन्दै गएको जनाएको छ ।