शनिबार, बैशाख ८, २०८१

जुवातास र  सट्टाबाजी खेलाउदै गरेका चिनियाँ नागरिक HE.XIAOLOMG सहित ११ जना पक्राउ 

काठमाडौं  असार २४, 

महानगरीय प्रहरी वृत्त लैनचौरले  काठमाडौं महानगरपालिका-२६ ठमेल जेपी मोडस्थित होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक चिनियाँ नागरिक राहदानी नम्बर ई ९९८३३१२३ बहाक HE.XIAOLOMG समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको    छ ।

 होटलमा    जुवातास र  सट्टाबाजी  खेलाई रहेको भन्ने बिशेष सूचनाको अनुसन्धान  गर्ने क्रममा   उनीहरूलाई नगद १ लाख २३ हजार रूपैयाँ तथा जुवातास खेल्न प्रयोग गरेको विद्युतिय   टेबल १ थान, २ सय १० थान प्लाष्टिकको गोटी,  १ सय ६० पत्ता तास, २   सहित पक्राउ गरेको जनाउदै   पक्राउ परेका  अभियुक्त उपर  थप अनुसन्धान  भइरहेको  प्रहरीले जनाएकोछ ।

त्यस्तै सुर्यबिनायक नगरपालिका ७ ध्याम्पे डाँडा बस्ने सन्जीब वाग्लेको घ्याम्पे आईएनएन होटलमा तास खेलिरहेको अवस्थामा वाग्ले लगायत ६ जनालाई महानगरीय प्रहरी वृत्त जगातीले नगद ५८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जनाएकोछ ।