शुक्रबार, बैशाख १४, २०८१

माओवादी केन्द्रको दर्ता खारेजीको माग सहित आयोगमा निवेदन दर्ता

काठमाडौं असार २३,
माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । नेकपा विभाजन पछि माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेता लीलाबहादुर थापा , अधिवक्ता सरोज बुढाथाकी सहितको टोलीले आयोगमा बुधबार निवेदन दर्ता गरेको हो ।

दर्ता गरिएको निवेदनमा माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको भन्दै उनीहरुले माओवादी केन्द्रको खारेज गर्न माग समेत गरेको छ ।

त्यस्तै निवेदन दर्ता गराउने सवै सर्वोच्च अदालतले २३ फागुनमा साविकको नेपाल कम्युनिस्ट पार्टी ृनेकपोको एकता खारेज गरेपछि नेकपा एमाले प्रवेश गरेका माओवादी केन्द्रको तर्फबाट कारवाहीमा परेका नेताहरु क्रमस टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी, राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, प्रदेशसभा सदस्य मण्डल लगायतका नेताहरु रहेको छन ।