सोमवार, साउन १८, २०७८

सञ्चारगृको स्वनीयमन, स्थायित्व र व्यावसायिक सुरक्षाका लागि अन्तरक्रिया

काठमाडौंअसार २३,
नेपाल पत्रकार महासंघले सञ्चारगृको स्वनियमन, स्थायित्व र व्यावसायिक सुरक्षा सम्बन्धमा सरोकारवालासंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चारगृह र श्रमजीवी पत्रकार तथा कर्मचारीहरुको सम्बन्ध न्यायोचित हुनुपर्ने धारणा राख्दै जिम्मेवार सञ्चार क्षेत्रको अवधारणा अनुसार सञ्चारको विकासमा जोड दिनु भएको छ ।

त्यस्तै महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड–१९ बाट पत्रकार तथा सञ्चार क्षेत्र दुबै संकटमा रहेको भन्दै नियमित छलफलबाट समस्याको समाधान गर्न सकिने बताउदै सञ्चार क्षेत्रको समग्र विकासका लागि समस्या पहिचान गरी सरकारलाई ध्यानाकर्षण गर्नुपर्ने धारणा राख्नुभयो ।
महासंघका महासचिव रोसन पुरीले कोभिड–१९ बाट श्रीमजीवी पत्रकार र सञ्चागृह एकैसाथ समस्यामा रहेको भन्दै त्यसको समाधानका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । श्रम समस्या समाधान गर्दा सञ्चार संस्थानै बलियो हुने भएकाले महासचिव पुरीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिनुभयो ।

सामुदायीक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले सञ्चारगृह रहे मात्र पत्रकार तथा कामदार रहने भन्दै सबैभन्दा पहिला सञ्चारमाध्यम बलियो हुनुपर्ने धारणा राख्नुभयो । उहाँले रेडियोको नविकरण लगायत नीतिगत विषयमा सहजिकरणको आवश्यक रहेको बताउनुभयो ।

ब्रोडकास्टिङ एसोसियशन नेपाल (वान) का कार्यवाहक अध्यक्ष कुमार भट्टराईले सामुदायिक रेडियोमा धेरै नै नीतिगत समस्या रहेको बताउनुभयो । उहाँले संघीय संरचनामा रेडियो नवीकरण तथा अन्य कामका लागि अझै काठमाडौं आउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
काठमाडौं उपत्यका प्रसारक संघका अध्यक्ष आर.के श्रेष्ठले रेडियोको व्यवस्थापन गर्न सरकार उदासिन रहेको बताउनुभयो । उहाँले रिडियोको वर्गीकरण गरी व्यवस्थापन गरे सञ्चालक एवं कर्मचारी दुबैलाई हित हुने बताउनुभयो ।

त्यस्तै सामुदायिक रेडियो प्रशारक संघका महासचिव किशोरजंग थापाले सरकारले रेडियोहरुलाई सधै उपेक्षा गरेको बताउनुभयो । उहाँले सरकारले साना लगानीका मिडियाको उत्थानका लागि कुनै पनि योजना नल्याएको साथै, कोभिड–१९ ले गर्दा सञ्चारगृहको आम्दानी घट्दा आन्तरिक व्यवस्थापनमा समस्या रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका सचिव गोविन्द चौलागाई, केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, ज्ञानप्रसाद पौडेल, लेखा समिति संयोजक लेखनाथ न्यौपाने र सदस्य मुकुन्द भण्डारी लगायतको सहभागिता थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु