बिहिबार, बैशाख १३, २०८१

आसन्न मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौ असार २१,
निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्‍म दल दर्ताको समयसिमा तोक्दै यस्तो आव्हान गरेको हो । सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन मिति घोषणा गरे अनुरुप आयोगले घोषित निर्वाचको मिति अनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।

त्यस्तै आगाृगले कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ भने मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्मको निर्वाचन कार्यक्रम तय गरिएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै आयोगले अन्तिम मतदाता नामावली भाद्र २३ गते प्रकाशन गर्ने जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने भाद्र २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।