शनिबार, बैशाख ८, २०८१

थप १ हजार ७४५ जनामा कोभिड सङ्क्रमण, २२११ संक्रमित डिस्चार्ज , २३ को मृत्यु

काठमाडौ असार २१,
पछिल्लो २४ घण्टामा र ७ हजार ४९८ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा थप १ हजार ७४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै मन्त्रालयले यसवीचमा ४ हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ८७७ जना सहित मा सङ्क्रमण पुष्टि भएको र पीसीआर र एन्टिजेन परीक्षणको क्रममा समेत पुष्टि भएको संक्रमितको सख्या २हजार ६सय २२ रहेको जनाएको छ।

साथै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको र योसँगै मृतकको सख्या ९ हजार २४८ पुगेको जाउदै मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार २११ जना संक्रमित सङ्क्रमणमुक्त भएका जनाएकेछ ।