शुक्रबार, अशोज २१, २०७९

बाढीपहिरो र डुबानमा परी ३८ को मृत्यु, २४ जना बेपत्ता

काठमाडौं असार र २०,
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी ३८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार यो डेटा गत जे जेठ ३० गतेदेखि असार १९ गतेसम्मको भएको जनाएको छ ।

त्यस्तै मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेको जनाउनुको अलावा तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३र३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २र२ जना, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १र१ जना रहेको प्रहीले जनाएको छ ।

बाढीपहिरो र डुबानमा परी ५१ जना घाइते भएका छन् भने २४ जना बेपत्ता भएका छन् । त्यस्तै बाढी तथा पहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको जनाउदै प्रहरीले पहिरो तथा बाढीको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको जनाएकोछ ।

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु