मङ्लबार, बैशाख ४, २०८१

टेलिफोन संवादको क्रममा नेता नेपालले भने- फैसला स्वीकार्न सकिन्छ,हस्ताक्षर फिर्ता लिन सकिन्न

 काठमाडौं असार १९,
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर २ दिनभित्र फिर्ता नभए पार्टी एकता नहुने भन्दै हस्ताक्षर फिर्ता गर्न दिएको २ दिने अल्टिमेटमका वीच एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी ओलीवीच टेलिफोन वार्ता भएको छ। बार्ताको क्रममा वरिष्ठ नेता नेपालले अध्यक्ष केपी ओलीलाइ सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने जनाउ सहित केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेको बुझिएको छ।

स्मरण रहोस संसद विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा दायर रिट निवेदनमा नेपाल समूहका २३ जना सासंदको समेत हस्ताक्षर रहेको र मुद्दाको बहस करिव निर्णायक मोडमा पुगेको अवस्था छ । शुक्रबार केन्द्रीय कमिटीको बैठकबाट दुइ दिन भिज्ञ हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका ओलीले शनिबार दिउँसो ३ बजे अर्को बैठक बोलाएका थिए ।

त्यस्तै टेलिफोन संवादको क्रममा नेता नेपालले अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा फैसला स्वीकार्न सकिन्छ, हस्ताक्षर फिर्ता लिन नसकिने जनाउ सहित अध्यक्ष ओलीलाइ २ जेठ २०७५ को पार्टी संरचनामा फर्किनका लागि जेठ २ मा दुबै पक्षका ५र५ नेता सहित गठन गरिएको कार्यदललाइ सक्रिय बनाउन भनेको थियो ।