बिहिबार, बैशाख १३, २०८१

दिनानुदिन बढ्दै कोभिड संक्रमितको संख्या , वितेको २४ घण्टामा थप २३२८ जनामा संक्रमण

काठमाडौं असार १९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ३२८ जनामा कोभिड भाइरसको संक्रमण पुष्टि भएको जनाएकोछ ।मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा ५ हजार ८३७ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा १ हजार ५२७ जना र ४ हजार २९६ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ८०१ जना गरी कुल २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको जनाएकेछ ।

त्यस्तै यसवीचमा ३ हजार ६६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साथै कोभिठ भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेको यस मध्ये २४ हजार ६७५ जना संस्थागत आइसोलेसनमा र ३ हजर ४१ जना होम आइसोलेसनमा रहेको जनाएको छ।