शुक्रबार, चैत्र १६, २०८०

अविरल वर्षासंगै प्राकृतिक विपत्ति तथा मानवीय क्षतिका दुःखद् घटना बढ्दो

काठमाडौं असार १९ ,
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव बढेसंगै  सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा अविरल वर्षाको संभावना  औल्याएको छ।

त्यस्तै  बढ्दो  मनसुनी वायुको   प्रभाव  र अविरल वर्षाका कारण  कतिपय क्षेत्रमा प्राकृतिक विपत्ति तथा मानवीय क्षतिका दुःखद् घटना  भएको   जनायदै  नेपाल प्रहरीले    देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी ३४ जनाको मृत्यु भएको जनाएको छ ।

प्रहरीका अनुसार  मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका रहेको जनाएको छ । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पामा ३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २/२ जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेको जनाएको छ ।

यसैवीच बढ्दो मनसुनी वायुको प्रभाव यहि रफ्तारमा बढ्दै जाने हो हो भने मौसममा सुधार आउन अझै समय लाग्ने मौसमविद्हरुको जनाउ रहेको छ । यद्यपी अघिल्ला दिनको तुलनामा मनसुनको प्रभाव कम हुँदै गएको विश्लेषण समेत यसवीचमा दिउँसो र साँझपख मौसम खुले पनि खण्डितरूपमा पुनः बदली र वर्षाको सम्भावना औल्याइएको छ ।

महाशाखाका अनुसार काठमाडौको अधिकतम २३ दशमलव चार र न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्रि सेल्सियस रहेनुको अलावा काठमाडौमा ६६ मिलीमिटर वर्षा भएको जनाएकोछ ।