शनिबार, बैशाख ८, २०८१

२ हजार २९९ जनामा संक्रमण पुष्टि, ३४५१ जना संक्रमित सङ्क्रमणमुक्त, ३४ को मृत्यु

काठमाडौं असार १८,
पछिल्लो २४ घण्टामा थप १ हजार ३९१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै मन्त्रालयका अनुसार ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ९०८ जना गरी २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जना संक्रमित सङ्क्रमणमुक्त भएको जानकारी दिदै मन्त्रालयले वितेको २४ घण्टामा सङ्क्रमणका कारण ३४ जनाको मृत्यु भएको र योसँगै मृतकको सख्या ९ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ।