शुक्रबार, अशोज २१, २०७९

पत्रकार महासंघ भक्तपुरलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं असार १८,
नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मञ्चले सर्जिकल मास्क १ हजार ५ सय थान र ५०० एम एलको २० थान स्यानिटाइजर सहयोग गरेको हो । मञ्चका अध्यक्ष युवराज विद्रोहीसहितको पदाधिकारी टोली महासंघको कार्यालय सल्लाघारी पुगेर सो सहयोग प्रदान गरेको हो ।

सो अवसरमा मञ्चका अध्यक्ष विद्रोहीले कोभिड भाइरसको संक्रमणबाट पत्रकारहरुलाई जोगाउने अभियानमा मञ्चले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताउनुभयो । महासंघ भक्तपुर शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिले मञ्चबाट प्राप्त स्वास्थ्य सुरक्षा सामग्री भक्तपुरका पत्रकारहरुलाई आवश्यकता अनुसार वितरण गर्ने जानकारी दिनुभयो ।

त्यसअवसरमा जिल्ला शाखा भक्तपुरका संस्थापक सभापति रमेश खड्का, पुर्व अध्यक्ष विकल श्रेष्ठ, महासंघ उपत्यका समितिका सचिव एवम् महासंघ भक्तपुरका पुर्व अध्यक्ष अमर भुजु, सचिव संजीव घिमिरे, सदस्य रामगोपाल तमखू उपस्थित थियो भने मञ्चका पदाधिकारीको उपस्थिती रहेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले पनि महासंघ भक्तपुर शाखालाई एक हजार थान मास्क सहयोग गरेको छ । महासंघ उपत्यका समितिका अध्यक्ष श्रीजन झा, महासचिव टेनिस रोका, सचिव रोशनराज पाण्डे, वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी लगायतको टोलीले शाखा अध्यक्ष जगतकृष्ण प्रजापतिलाई सो मास्क हस्तान्तरण गर्नुभएको थियो ।

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु