शनिबार, बैशाख ८, २०८१

आजबाट स्वास्थ्य सुरक्षा सतर्कता सहित आन्तरिक उडान सञ्चालनमा

यात्रुहरुको बढ्दो चापका कारण वर्षा र बदलीकावीच पनि निर्वाधरूपमा उडान भर्दै

काठमाडौं असार १६,
कोभिड संक्रमणको बढ्दो जोखिम संगै जारी भएको २ महिना लामो बन्दाबन्दी आदेश पछि बन्द रहेको आन्तरिक उडान आजदेखि सञ्चालनमा आएको छ । उडानका लागि नियमित आन्तरिक उडानलाई सङ्क्रमणरहित बनाउन विमानस्थल तथा एयरलाइन्सले विशेष स्वास्थ्य सावधानी अपनाएको जनाएको छ।

त्यस्तै यात्रुहरुको बढ्दो चापका कारण उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा र बदली कायमै रहे पनि निर्वाधरूपमा उडान भइरहेको विमानस्थलले जनाएको छ ।

त्यस्तै विमानस्थलका अनुसार आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडानका लागि कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएअनुरुप बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरले आज विहानै देखि उडान शुरु गरिसकेका छन् भने साना गन्तव्यका उडान भर्ने ८ कम्पनीले उडान शुरु गर्न बाँकी रहेको नियामक निकाय नागरिक उड्यान प्राधिकरणले जनाएको छ।