शुक्रबार, बैशाख ७, २०८१

१८ वर्ष माथिकासवै नागरिकलाइ जोन्सन एन्ड जोन्सन खोप लगाइदै

काठमाडौं साउन ६,
कोभिड भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । पछिल्लो समय जोन्सन एन्ड जोन्सन खोपको विषयमा अनेकन प्रो पगण्डा फैलिएसंगै यो खोप लगाउने क्रममा निकै सुस्तता आएपछि खोप अभियान अन्र्तगत १८ वर्षमाथिका सबैलाई खोप लगाउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण शाखाले नितिगत निर्णय गरेको हो ।

त्यस्तै बुधवार विहीवार गरि दुइ दिन सम्म जारी रहने यो खोप अभियानको क्रममा खोपबारे नकारात्मक हल्लाको पछि नलाग्न आग्रह गर्दै काठमाडौँ जिल्लाका कुनै पनि खोप केन्द्रमा पुगेर खोप लगाउन आग्रह गर्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण शाखाले जनाएको छ।

स्मरण रहोस अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु