बिहिबार, बैशाख १३, २०८१

सर्वोच्चको परमादेशको सवालमा आवश्यक रणनिती अख्तियार गर्न एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं असार २८,
संसद विघटनविरुद्धको रिट उपर सर्वोच्च अदालतले आज संसद पुनःस्थापना गर्ने आदेश सहित दुई दिनभित्र रिट निवेदक समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसंगै सत्तारुढदल नेकपा एमालेको आज अपरान्ह बस्ने स्थायी कमिटी बैठकमा पार्टी गत एजेन्दा माथिको छलफल संगै संसद पुनःस्थापना गर्ने सर्वोच्चको परमादेश माथि समेत घनिभुत छलफल हुने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने उक्त बैठक मार्फत आवश्यक रणनिती अख्तियार गरिने सम्वद्ध पक्षले जनाएको छ ।

त्यस्तै सर्वोच्चको फैसलाले सिर्जना गरेको नयाँ आयाम संगै भावी दिनको नयाँ राजनीतिक कोर्सका विषयमा समेत छलफल हुने जानकारी सहित १० बुँदे सहमति समेतको अनुमोदन गर्ने तयारी भएको बुझिएको छ।